परिचय
विनास विनाको विकास नै दिगो विकास हो । वर्तमानको आवश्यकतामा सम्झौता नगरी भावी पुस्ताको आवश्यकता पूर्ति गर्दै जानु दिगो विकास हो । पृथ्वीमा भएका प्राकृतिक स्रोत र साधनको उचित र विवेकपूर्ण प्रयोगबाट दिगो विकास सम्भव रहेको हुन्छ । दिगो विकास पृथ्वीमा रहेको जिवित मानिसहरुको कल्याणमा निहित हुन्छ । सन् १९८०को दशकबाट नै दिगो विकासको सन्दर्भमा विभिन्न अवधारणा र दृष्टिकोणको शुरुवात भएको पाइन्छ । सन् १९७२को जुन ५देखि १६सम्म स्वीडेनको स्ट्कहोम सम्मेलनले वातावरण सम्बन्धी घोषणा पत्र जारी गरी वातावरण र दिगो विकास तर्फ विश्वको पहिलो सामुहित चासो देखाएको थियो ।
दिगो विकासको सन्दर्भमा नेपालले विभिन्न नितिगत तथा कानूनी व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ३०मा पनि स्वच्छ वातावरणको हकको प्रावधान उल्लेख गरेको छ भने भाग ४ धारा ५१(६)मा प्राकृतिक साधन स्रोतको संरक्षण, सवर्धन र उपभोग सम्बन्धी नीतिगत व्यवस्था गरिएको छ ।विकासको ठूला ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याकंन गर्नु पर्ने नियम बनाएको छ ।
१. स्रोत र साधनको उचित सदुपयोग भएमा वातावरण संरक्षण र सर्वधनमा सहयोग पुग्छ ।
२. प्राकृतिक स्रोत र पशुपन्क्षीलाई हेर्ने मानवीय दृष्टिकोणमा परिवर्तन आउछ ।
३. प्राकृतिक स्रोत र साधनको सन्तुलित प्रयोग गर्न र दायित्व वोध गराउने छ ।
४. मानवस्रोतको विकास गर्न
५ं संस्थागत क्षमताको विकास गर्न
६. वर्तमान पुस्ताबाट भावी पुस्तामा प्राकृतिक स्रोत र साधनको हस्तान्तरण तथा जीवन्त राख्न आदी ।
दिगो विकासको उद्देश्यहरु निम्न रहेको छ ।
१. वातावरणको प्रभावकारी संरक्षण गर्ने र प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गर्ने,
२. सामाजिक विकास र आर्थिक विकासमा टेवा पुर्याउने
३. सामाजिक र सुशासन व्यवस्थित गर्ने
४. गरिवी निवारणमा सहयोग गर्ने आदी