Sunday, 3 March 2024

ग्लोबल आइएमई बैक, भैरहवा शाखाको आयोजनामा एक दिने वित्तिय साक्षरता । डिजिटल बैकिङ्क सम्बन्धी ज्ञानमूलक कार्यक्रम

 æसुनाई सम्बन्धी अपाङगता भएका व्यक्तिलाई, शैक्षिक ज्ञानका साथै सीप तालिम दिई आत्मनिर्भर बनाऔं ।Æ

यस बहिरा बाल माध्यमिक विद्यालय, सिद्धार्थनगर २, रुपन्देहीमा ग्लोबल आइएमई बैक, भैरहवा शाखाको आयोजनामा एक दिने वित्तिय साक्षरता । डिजिटल बैकिङ्क सम्बन्धी ज्ञानमूलक कार्यक्रम आयोजना गरियो । यस कार्यक्रमबाट विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ सम्मका जम्मा ९१ जना बहिरा बालबालिकाहरु पूर्ण रुपमा लाभान्वित भएका छन् । बहिरा बालबालिकाहरु पनि देशका कर्णधार हुनु र यीनीहरुलाई पनि बैक सम्बन्धी जानकारी हुन जरुरी छ । आजको विषम परिस्थितिमा डिजटल तवरबाट हुनसक्ने सम्भावित जालसाजी, धोका र धनजनको क्षतिबाट कसरी बच्न सकिन्छ, आफ्नो खातामा भएको बचत रकमलाई कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ, सुरक्षित कारोबारमा प्रयोग गरिने बैकिङ्क डिजिटल प्रविधि कस्तो कस्तो हुन्छ र सो को प्रयोगको बारेमा जानकारी आदान प्रदान भएको थियो ।

यसको साथै विद्यालयले बहिरा बालबालिकाहरुमा शैक्षिक ज्ञानको साथ साथै सीप तालिमको विकास पनि हुनुपर्छ भनि सो व्यवस्थापनका लागि अनवरत रुपमा लागि परेको छ । सोही अनुरुप विद्यालयले चालु शैक्षिक सत्र २०८० देखि कक्षा ११ मा बागवानी विषयको शुरुवात गरेको छ । यस विषय अन्तर्गत रहेर विधार्थीहरुले कृषि सम्बन्धी व्यावसायीक सीपको विकास गर्ने छ र समाजमा आत्मनिर्भर र स्वालम्वन भई आत्मसम्मानका साथ जिविकोपार्जन गर्न सक्ने छन् । भन्ने मूल उद्देश्य विद्यालयले लिएको छ । विद्यालयमा संचालित कृषि विषयलाई व्यवस्थित र उपकरणमैत्री बनाउनका लागि सो बैकबाट सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक कृषि औजारहरु आज विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

बहिरा बालबालिकाहरुलाई बैकिङ्ग सम्बन्धी जानकारी आवश्यक छ र दिनुपर्छ भनि यस बहिरा बाल माध्यमिक विद्यालयलाई छनौट गरी विशेष रुपमा कार्यक्रमको आयोजना गर्नुहुने ग्लोत्रल आइएमइ बैक, भैरहवा शाखाका सम्पूर्ण परिवारलाई म, (प्राचार्य) लगायत विद्यालय परिवार हार्दिक कृतज्ञता सहित धन्यवाद दिन चाहन्छौ । आगामी दिनहरुमा पनि यहाहरुबाट साथ सहयोगको अपेक्षा राख्दछौ ।

२०८० साल फागुन महिना २० गते, आइतबार                   

दिउसो २ बजे


No comments:

Post a Comment

बहिरा बाल माध्यमिक विद्यालयमा मेरा २५ वर्ष

  बहिरा बाल माध्यमिक विद्यालयमा मेरा २५ वर्ष समयले वर्षहरू गन्दै गयो, विद्यालयले सम्झनाहरू थप्दै गयो... समय कति निर्दयी हुँदो रहेछ !  हामी स...