Thursday, 8 February 2024

ICT Literacy



 
आज आइसीटीको प्रयोग विश्वव्यापी रुपमा फैलिरहेको छ । आइसीटीको प्रयोग विना आजको प्रतिस्पर्धात्मक समयमा सफलता प्राप्त गर्न सकिदैन । आइटी संगसगै आइसीटीको प्रयोग पनि समानान्तर रुपमा अगाडी बढी रहेको छ । यसको प्रयोग उद्योग, व्यापार, शिक्षा, स्वास्थय, सेवा जस्ता क्षेत्रमा व्यापक रुपमा फैलिरहेको छ । छिटो र छरितो सेवा दिनका लागि आइसीटीको प्रयोग गर्न सकिन्छ । आइसीटीबाट वर्तमान समयमा विश्वव्यापी सूचना तथा जानकारीहरु एक क्लिकमा हेर्न सकिन्छ । यसरी नै आइसीटीको प्रयोग शिक्षा क्षेत्रमा व्यापक रुपमा रहेको छ । शिक्षकलाई आवश्यक शैक्षिक सामग्री तयार गर्न र विश्वव्यापी घट्नाक्रम थाहा पाउनका लागि आइसीटीको प्रयोग अति नै सह्रानिय रहेको छ । विधार्थीहरुलाई व्यवहारिक ज्ञान दिन यसको प्रयोग अति अपिरीहार्य रहेको छ ।

सूचना तथा प्रविधिको विकास तथा प्रर्वद्धनका लागि नेपाल सरकारले सूचना प्रविधि सम्बन्धी ऐन २०६५ लागू गरेको छ साथै सूचनाको हक र अधिकारलाई सुनिश्चितता हुने नेपालको संविधानमा पनि व्यवस्था गरेको छ । सूचना तथा प्रविधिले गर्दा आज विश्व एउटा सानो क्षेत्रमा विकास भएको छ । सूचना भन्नाले व्यक्ति व्यक्ति विच हुने विचारहरुको आदान प्रदान, विषयवस्तुमा हुने दृष्टिकोण, सोचाई, भावना आदीको सामुहिक क्रिया तथा प्रतिक्रिया नै सूचना हो । सुचना एक अर्काले स्पष्ट वुझ्ने र उपयोगीतामूलक हुन जरुरी हुन्छ । यसरी सुचनाको हक पाउनु हरेक नागरिकहरुको नैसरगिक अधिकार हो । यसलाई व्यवस्थित बनाउनका लागि निम्न आधारभुत सिद्धान्तहरुको अवलम्वन गर्नुपर्छ ।
१. स्पष्ट्ताको सिद्धान्त
२. सहभागिताको सिद्धान्त
३. पर्याप्तताको सिद्धान्त
४. सुसङगतिको सिद्धान्त
५. उत्प्रेरणाको सिद्धान्त
६. पृष्ठपोषण सिद्धान्त

हालको परिस्थितिलाई मध्यनजर गरी सूचना तथा संचारलाई दुई भागमा विभाजन गरी हेर्न सकिन्छ ।
१. लिखित सूचना
२. मौखिक सूचना 

2 comments:

  1. राम्रो छ सर ! अझै धेरै लामो जानकारी पाए हुन्थ्यो

    ReplyDelete

बहिरा बाल माध्यमिक विद्यालयमा मेरा २५ वर्ष

  बहिरा बाल माध्यमिक विद्यालयमा मेरा २५ वर्ष समयले वर्षहरू गन्दै गयो, विद्यालयले सम्झनाहरू थप्दै गयो... समय कति निर्दयी हुँदो रहेछ !  हामी स...