Thursday 8 February 2024

ICT Literacy



 
आज आइसीटीको प्रयोग विश्वव्यापी रुपमा फैलिरहेको छ । आइसीटीको प्रयोग विना आजको प्रतिस्पर्धात्मक समयमा सफलता प्राप्त गर्न सकिदैन । आइटी संगसगै आइसीटीको प्रयोग पनि समानान्तर रुपमा अगाडी बढी रहेको छ । यसको प्रयोग उद्योग, व्यापार, शिक्षा, स्वास्थय, सेवा जस्ता क्षेत्रमा व्यापक रुपमा फैलिरहेको छ । छिटो र छरितो सेवा दिनका लागि आइसीटीको प्रयोग गर्न सकिन्छ । आइसीटीबाट वर्तमान समयमा विश्वव्यापी सूचना तथा जानकारीहरु एक क्लिकमा हेर्न सकिन्छ । यसरी नै आइसीटीको प्रयोग शिक्षा क्षेत्रमा व्यापक रुपमा रहेको छ । शिक्षकलाई आवश्यक शैक्षिक सामग्री तयार गर्न र विश्वव्यापी घट्नाक्रम थाहा पाउनका लागि आइसीटीको प्रयोग अति नै सह्रानिय रहेको छ । विधार्थीहरुलाई व्यवहारिक ज्ञान दिन यसको प्रयोग अति अपिरीहार्य रहेको छ ।

सूचना तथा प्रविधिको विकास तथा प्रर्वद्धनका लागि नेपाल सरकारले सूचना प्रविधि सम्बन्धी ऐन २०६५ लागू गरेको छ साथै सूचनाको हक र अधिकारलाई सुनिश्चितता हुने नेपालको संविधानमा पनि व्यवस्था गरेको छ । सूचना तथा प्रविधिले गर्दा आज विश्व एउटा सानो क्षेत्रमा विकास भएको छ । सूचना भन्नाले व्यक्ति व्यक्ति विच हुने विचारहरुको आदान प्रदान, विषयवस्तुमा हुने दृष्टिकोण, सोचाई, भावना आदीको सामुहिक क्रिया तथा प्रतिक्रिया नै सूचना हो । सुचना एक अर्काले स्पष्ट वुझ्ने र उपयोगीतामूलक हुन जरुरी हुन्छ । यसरी सुचनाको हक पाउनु हरेक नागरिकहरुको नैसरगिक अधिकार हो । यसलाई व्यवस्थित बनाउनका लागि निम्न आधारभुत सिद्धान्तहरुको अवलम्वन गर्नुपर्छ ।
१. स्पष्ट्ताको सिद्धान्त
२. सहभागिताको सिद्धान्त
३. पर्याप्तताको सिद्धान्त
४. सुसङगतिको सिद्धान्त
५. उत्प्रेरणाको सिद्धान्त
६. पृष्ठपोषण सिद्धान्त

हालको परिस्थितिलाई मध्यनजर गरी सूचना तथा संचारलाई दुई भागमा विभाजन गरी हेर्न सकिन्छ ।
१. लिखित सूचना
२. मौखिक सूचना 

दिगो विकास एक परिचय

  परिचय   विनास विनाको विकास नै दिगो विकास हो । वर्तमानको आवश्यकतामा सम्झौता नगरी भावी पुस्ताको आवश्यकता पूर्ति गर्दै जानु दिगो विकास हो । प...